In English: FIFA confirms hosts of the 2031 and 2035 Women’s World Cups (November 2026)
FIFA’s extraordinary Congress has appointed the United States, Mexico, Costa Rica and Jamaica as co-hosts of the 2031 FIFA Women’s World Cup, the first edition with 48 teams, and England, Northern Ireland, Scotland and Wales as hosts of the 2035 edition. Both were the only bids for their tournaments and had passed FIFA’s evaluation earlier in November.
Key facts
- 2031 will be the first Women’s World Cup with four host nations; the bid proposed 20 stadiums (14 in the USA, 4 in Mexico, 1 each in Jamaica and Costa Rica).
- The USA hosted in 1999 and 2003, so 2031 will be its third time. Jamaica will be the first Caribbean country to stage senior World Cup matches.
- 2027 will be held in Brazil, the first time in South America.
- The first Women’s World Cup was held in China in 1991 with 12 teams. Spain won in 2023.
Practice questions
- Which four countries will host the 2031 Women’s World Cup? USA, Mexico, Costa Rica and Jamaica.
- How many teams will play in 2031? 48.
- Where will the 2027 tournament be held? Brazil.
विश्व फुटबल संघ (FIFA) को असाधारण महाधिवेशनले सन् २०३१ को महिला विश्वकप फुटबलको संयुक्त आयोजक अमेरिका, मेक्सिको, कोस्टारिका र जमैकालाई तथा सन् २०३५ को आयोजक बेलायतका इङ्ल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डलाई तोकेको छ। दुवै प्रतियोगिताका लागि यी नै एकमात्र बोलपत्र थिए, र नोभेम्बरको सुरुमा फिफाको मूल्याङ्कनमा दुवैले आयोजनाका न्यूनतम मापदण्ड पूरा गरेका थिए। फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोले खेलको विश्वव्यापी विस्तारमा यसलाई महत्त्वपूर्ण भनेका छन्।
१. २०३१ महिला विश्वकप: के नयाँ?
- पहिलो पटक ४८ टोली (हाल ३२)। पुरुष विश्वकप २०२६ पनि ४८ टोलीको भएको थियो।
- पहिलो पटक चार आयोजक राष्ट्र।
- प्रस्तावित २० रंगशाला: अमेरिकामा १४, मेक्सिकोमा ४, जमैका र कोस्टारिकामा १/१।
- अमेरिकाले यसअघि सन् १९९९ र २००३ मा महिला विश्वकप आयोजना गरेको थियो; २०३१ उसको तेस्रो पटक हुनेछ।
- जमैका वरिष्ठ विश्वकपको खेल आयोजना गर्ने पहिलो क्यारिबियन देश बन्नेछ।
२. २०३५ महिला विश्वकप
बेलायतका चार फुटबल संघ (इङ्ल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्ड) को संयुक्त बोलपत्र एकमात्र मान्य बोलपत्र थियो।
३. महिला विश्वकपका मुख्य तथ्य (परीक्षाका लागि)
- पहिलो महिला विश्वकप: सन् १९९१, चीन (ग्वाङदोङ), १२ टोली।
- २०२३: अस्ट्रेलिया र न्युजिल्यान्ड; विजेता स्पेन (फाइनलमा इङ्ल्यान्डलाई हराएर)।
- २०२७: ब्राजिल, दक्षिण अमेरिकामा पहिलो पटक।
- २०३१: अमेरिका, मेक्सिको, कोस्टारिका, जमैका (४८ टोली)।
- २०३५: इङ्ल्यान्ड, स्कटल्यान्ड, वेल्स, उत्तरी आयरल्यान्ड।
- फिफा: स्थापना सन् १९०४ (पेरिस), मुख्यालय ज्युरिख (स्विट्जरल्यान्ड), अध्यक्ष जियान्नी इन्फान्टिनो।
खेलकुदका थप सामान्य ज्ञान: सामान्य ज्ञान।
४. अभ्यास प्रश्न
- सन् २०३१ को महिला विश्वकपका आयोजक कुन–कुन देश हुन्? अमेरिका, मेक्सिको, कोस्टारिका र जमैका।
- २०३१ महिला विश्वकपमा कति टोली खेल्नेछन्? ४८।
- सन् २०३५ को महिला विश्वकप कहाँ हुनेछ? बेलायत (इङ्ल्यान्ड, स्कटल्यान्ड, वेल्स, उत्तरी आयरल्यान्ड)।
- सन् २०२७ को महिला विश्वकप कुन देशमा हुनेछ? ब्राजिल।
- पहिलो महिला विश्वकप कहाँ र कहिले भएको थियो? चीन, सन् १९९१।
- २०२३ को महिला विश्वकप कसले जित्यो? स्पेन।
स्रोत: Nepal News (२४ नोभेम्बर २०२६), FIFA (बोलपत्र मूल्याङ्कन), TSN (AP), Inside World Football, Wikipedia।